मनकामना मन्दिर जिर्नोव्दार सु सम्पन्न तथा दशाकर्म पुजा कार्यक्रम
नेपालको गोरखा जिल्लाको दक्षिण भेगमा आबस्थित मनकामना मन्दिरको जीर्णोद्धार कार्य सु सम्पन भइ यहि मिति २०७५ फाल्गुन २२ गते देखि २५ गते सम्म मन्दिरमा दशकर्म पुजाको साथै फाल्गुन २३ गते दाता हरुलाई सम्मान पत्र वितरण कार्य क्रम रहेको हुदा सम्पुर्णमा हार्दिक निमन्त्रणा गर्दछौ ...
सुनको कामगरेको स्थानको धुलो लिलाम सम्बन्धि सूचना
यस मनकामना मन्दिरको छानाको तामा पातामा सुन मलाम्वा गर्दा प्रयोग भयको स्थानको धुलो यहि
मिति २०७५ पौष १७ गते यस समितिको कार्यालय बाट लिलाम गर्न लागेकोले सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरियको छ / लिन इच्छुक व्यक्तिहरुले समितिको कार्यालयमा सम्पर्क रखानुहोला / धन्यवाद...
मनकामना मन्दिरको माथिल्लो छानामा सुन मलाम्बा गर्ने कार्य सुरु ।
चार सय वर्ष पुरानो मन्दिरलाई जगैदेखि भत्काएर पुनःनिर्माण भइरहेको प्रसिद्ध धार्मिकस्थल गोरखाको मनकामना मन्दिरको छानामा १८ किलो ग्राम सुनको जलप लगाउने काम शुरु भएको छ ।
मन्दिरको छानामा रहने तामाको पातामा सुनको जलप लगाउने कार्य शुरु गरिएको हो । मनकामना मन्दिर जीर्णोद्धार समितिका अनुसार पुरातत्व विभागको मापदण्डअनुसार नै धेरै वर्षसम्म टिक्ने गरी जलप लगाउने कार्य आरम्भ भएको छ । एक तोला सुनले तीन स्वायर तामाको पातामा जलप लगाउनुपर्छ भन्ने पुरातत्व विभागको मापदण्डअनुसार नै जलप लगाउने कार्य भइरहेको छ। पाटनदेखि आएका १२ जना कालीगढ तामाको पातामा सुनको जलप लगाउन व्यस्त छन् ।
समितिले साढे सात किलोग्राम सुन खरिद गरिसकेको छ । जलप दीर्घकालीन रुपमा टिकाइराख्ने हो भने कम्तीमा १८ किलोग्राम सुन आवश्यक पर्ने समितिको अनुमान छ । तामाको पातामा लगाएको सुनको जलप कम्तीमा एक सय वर्ष पहेँलो रहन्छ । पानीले नबिगार्ने उक्त जलप परेवाको विष्टीले भने बिगार्ने भएकोले त्यसमा प्लास्टिक कोड पनि गरिने छ ।
अहिलेसम्म २५ वटा तामाको पातामा सुनको जलप लगाउने कार्य सम्पन्न भइसकेको छ। सुन तथा जलप लगाएका पाताहरु सुरक्षित तवरले भण्डारण गरिएको छ ।” मन्दिरको छानो चार हजार स्क्वायरफिट रहेको छ । मन्दिरलाई आवश्यक पर्ने पाता काठमाडौँका सुन्दरकृष्ण शाहीले दान दिनुभएको हो ।
मन्दिर पुनःनिर्माण गर्दा अहिलेसम्म रु आठ करोड खर्च भइसकेको छ । मन्दिर पुनःनिर्माणमा चाहिने एक लाख २५ हजार वटा इँटा काठमाडौँका हिराकाजी महर्जनले दान गर्नुभएको थियो ।
टिम्बर कर्पोरेशनबाट समयमै काठ उपलब्ध हुन नसक्दा र तीन वटा तहको निर्वाचनले गर्दा मन्दिर पुनःनिर्माणको काममा केही ढिलाइ भएको स्वीकार गर्दै संयोजक श्री नरेन्द्र बाबु श्रेष्ठ ज्यु ले आउँदो साउनभित्रमा मन्दिर पुनःनिर्माणको कार्य सम्पन्न गरिने बताउनुभएको छ।
मन्दिर पुनःनिर्माणका लागि नेपाल सरकारले आव २०६७।६८ मा दिएको रु एक करोडमध्ये रु ५६ लाखले सुन खरिद गरेको र समितिले रु ४४ लाख को काठ खरिद गरेको थियो । यस्तै आव २०६९।७० मा सरकारले दिएको रु तीन करोडले सात किलोग्राम सुन खरिद गरेको छ ।
हाल मन्दिरको पुनर्निर्माण कार्य ९५ प्रतिशत जति पुरा भयको छ । समितिले मन्दिर छेउको पर्खाल जगैदेखि भत्काएर बनाउनुपर्ने अवस्था रहेको र त्यस लाई पनि पुनर्निर्माण गर्ने तयारी समिति ले गरेको छ ।...
मनकामना मन्दिरको पहिलो छानाको कार्य पुरा ।
मनकामना मन्दिरको जीर्णोद्धार गर्ने क्रममा हालसालै मन्दिरको पहिलो छानाको कार्य सम्पन्न भयको छ ।...