मनकामना मन्दिरको जीर्णोद्धार

Manakamana Temple

सम्पुर्ण शुभेच्छुक तथा दाताहरुलाई सहयोगका लागि अनुरोध गरिएको बारे ।
 
गोरखा जिल्लाको ऐतिहासिक मनकामना मन्दिर करिब ६ ईन्च ढल्किएको छ । मन्दिरको छाना चुहिने भएकोले मन्दिरमा प्रयोग गरिएका काठ मकिएको छ र मुसाले पर्खालको आसपासमा खोलिएकोले तत्काल जीणोद्धार गर्न आवश्यक रहेको मन्दिर जीर्णोद्धार समितिले जनाएको छ ।
 
पुरातत्व विभागको प्रविधिक टोलिको अध्ययन प्रतिवेदनका अनुसार मन्दिरको जीर्णोद्धारका लागि करिब साढे आठ करोड लाग्ने छ । सो टोलीका अनुसार १९९० सालको भूकम्पले मन्दिर ढल्किएको र पछिल्लो समयमा मन्दिरको छाना चुहिने भएकाले मन्दिरमा प्रयोग गरिएका काठ मकिएको तथा मुसाले पर्खालको आसपासमा खोलिएकोले तत्काल जीणोद्धार गर्न सुझाव दिएको हो । सो टोलीको अध्ययन प्रतिवेदनपछि जीर्णोद्धारका लागि सरकारले १ करोड रुपैया उपलब्ध गराउने भएको छ । जीर्णाेद्धारका लागि सरकारले उपलब्ध गराएको बजेटमा करिब साँढे सात करोड रुपैया अझै अपुग छ ।
 
समितिले प्रधानमन्त्री डा. बाबुराम भट्टराई गोरखा आउँदा जीर्णोद्धारका लागि थप रकम विनियोजन गर्न आग्रह गरेको थियो । सरकारी सहयोगले मात्र योजना पूरा नहुने भएपछि थप सहयोग गरि ऐतिहासिक मन्दिरलाई जोगाउन समितिले सम्पुर्ण शुभेच्छुक तथा दाताहरुलाई सहयोगका लागि अनुरोध समेत गरेको छ ।
 
साथै समितिले मन्दिरको जिर्णोद्धार गर्न सघाउने दाताको अभिलेख सवैले देखिने गरि राखिने र बढी रकम दिने दाताहरुको नाम मन्दिर परिसरमै शिलामा राख्ने घोषणा पनि गरेको छ । २०२६ सालमा मन्दिरको सामान्य मर्मत गरिएको भएपनि जीर्णोद्धार गर्न लागिएको यो पहिलो पटक हो । तसर्थ सम्पुर्ण शुभेच्छुक तथा दाताहरुलाई आर्थिक सहयोग गरी ऐतिहासिक मन्दिरलाई जोगाउनको लागि हार्दिक अनुरोध गर्दछौ ।




Our Photo Gallery View Photo Gallery


© 2017, मनकामना मन्दिर  जीणोद्धार समिति - All Rights Reserved