मनकामना मन्दिर परिसरको गुरुयोजना तयार |

मनकामना भगबतीको मूल मन्दिर पुनर्निमाणको काम सम्पन्न भए पश्चात मनकामना मन्दिर क्षेत्रमा दोश्रो चरणको कार्य अगाडी बढाउने निर्णय भए बमोजिम श्री मनकामना मन्दिर जीर्णोद्धार समिति, मनकामना क्षेत्र बिकास समिति लगायत सम्बन्धित सरोकार वाला निकायहरूको सहभागितामा RADIANT CONSULTING CONSORTIUM (P.) LTD. द्धारा मनकामना मन्दिर परिसर लगायत मन्दिरको फूलबारी बगैचा समेतलाई समेटेर तयार पारेको गुरूयोजना सो कन्सल्टेन्सी बाट श्री मनकामना मन्दिर जीर्णोद्धार समितीलाई हस्तान्तरण गरिएको   छ  । यस गुरुयोजना आन्तरगत  पुजारी घर , परेवा पाटि, धर्मशाला, बत्तिबाल्ने घर ,जुत्ता चप्पल सुरक्षण स्थल , सार्बजनिक शैचालय, धारा ,सत्तल , संग्रालय र फुलबारी बगैचा लगायतका संरचनाहरु तयार गरिने छ । साथै मन्दिरको पश्चिम पट्टि को भिरालो जमिनलाई तलै बाट उठाई आगनलाई  फराकिलो परिने छ । सो गुरुयोजना अनुसार काम  गर्नको लागि करिब ९० करोड लागत लाग्ने   प्रारम्भिक अनुमान गरियको छ   ।  श्री मनकामना मन्दिर जीर्णोद्धार समितिबाट  अबको केहि समयमा नै  दोश्रो चरणको काम  सुरु गर्ने क्रममा सोहि गुरुयोजना अनुसार  मन्दिरको पश्चिम पट्टिको संरचना ( पुजारी घर )निर्माण कार्यको  सुरुवात  गर्ने तयारि भईरहेको छ | साथै सम्पूर्ण पक्षहरुमा सल्लाह, सुझाब र सहयोगको लागि यस मनकामना मन्दिर जीर्णोद्धार  समिति हार्दिक अपिल  पनि गर्दछ | 




Our Photo Gallery View Photo Gallery


© 2019, मनकामना मन्दिर  जीणोद्धार समिति - All Rights Reserved