मनकामना मन्दिरक& मनकामना मन्दिरक& Manakamana Temple

News & Events

मनकामना मन्दिरको माथिल्लो छानामा सुन मलाम्बा गर्ने कार्य सुरु ।

चार सय वर्ष पुरानो मन्दिरलाई जगैदेखि भत्काएर पुनःनिर्माण भइरहेको प्रसिद्ध धार्मिकस्थल गोरखाको मनकामना मन्दिरको छानामा १८ किलो ग्राम सुनको जलप लगाउने काम शुरु भएको छ । मन्दिरको छानामा रहने तामाको पातामा सुनको जलप लगाउने कार्य शुरु गरिएको हो । मनकामना मन्दिर जीर्णोद्धार समितिका अनुसार पुरातत्व विभागको मापदण्डअनुसार नै धेरै वर्षसम्म टिक्ने गरी जलप लगाउने कार्य आरम्भ भएको छ । एक तोला सुनले तीन स्वायर तामाको पातामा जलप लगाउनुपर्छ भन्ने पुरातत्व विभागको मापदण्डअनुसार नै जलप लगाउने कार्य भइरहेको छ। पाटनदेखि आएका १२ जना कालीगढ तामाको पातामा सुनको जलप लगाउन व्यस्त छन् । समितिले साढे सात किलोग्राम सुन खरिद गरिसकेको छ । जलप दीर्घकालीन रुपमा टिकाइराख्ने हो भने कम्तीमा १८ किलोग्राम सुन आवश्यक पर्ने समितिको अनुमान छ । तामाको पातामा लगाएको सुनको जलप कम्तीमा एक सय वर्ष पहेँलो रहन्छ । पानीले नबिगार्ने उक्त जलप परेवाको विष्टीले भने बिगार्ने भएकोले त्यसमा प्लास्टिक कोड पनि गरिने छ । अहिलेसम्म २५ वटा तामाको पातामा सुनको जलप लगाउने कार्य सम्पन्न भइसकेको छ। सुन तथा जलप लगाएका पाताहरु सुरक्षित तवरले भण्डारण गरिएको छ ।” मन्दिरको छानो चार हजार स्क्वायरफिट रहेको छ । मन्दिरलाई आवश्यक पर्ने पाता काठमाडौँका सुन्दरकृष्ण शाहीले दान दिनुभएको हो । मन्दिर पुनःनिर्माण गर्दा अहिलेसम्म रु आठ करोड खर्च भइसकेको छ । मन्दिर पुनःनिर्माणमा चाहिने एक लाख २५ हजार वटा इँटा काठमाडौँका हिराकाजी महर्जनले दान गर्नुभएको थियो । टिम्बर कर्पोरेशनबाट समयमै काठ उपलब्ध हुन नसक्दा र तीन वटा तहको निर्वाचनले गर्दा मन्दिर पुनःनिर्माणको काममा केही ढिलाइ भएको स्वीकार गर्दै संयोजक श्री नरेन्द्र बाबु श्रेष्ठ ज्यु ले आउँदो साउनभित्रमा मन्दिर पुनःनिर्माणको कार्य सम्पन्न गरिने बताउनुभएको छ। मन्दिर पुनःनिर्माणका लागि नेपाल सरकारले आव २०६७।६८ मा दिएको रु एक करोडमध्ये रु ५६ लाखले सुन खरिद गरेको र समितिले रु ४४ लाख को काठ खरिद गरेको थियो । यस्तै आव २०६९।७० मा सरकारले दिएको रु तीन करोडले सात किलोग्राम सुन खरिद गरेको छ । हाल मन्दिरको पुनर्निर्माण कार्य ९५ प्रतिशत जति पुरा भयको छ । समितिले मन्दिर छेउको पर्खाल जगैदेखि भत्काएर बनाउनुपर्ने अवस्था रहेको र त्यस लाई पनि पुनर्निर्माण गर्ने तयारी समिति ले गरेको छ ।

In Details


मनकामना मन्दिरको पहिलो छानाको कार्य पुरा ।

मनकामना मन्दिरको जीर्णोद्धार गर्ने क्रममा हालसालै मन्दिरको पहिलो छानाको कार्य सम्पन्न भयको छ ।

In Details


Contributors


Dan Veti (BhaktaJan Bata)
Unknown

Amount: NRs. 1500000.00



Maharajgung-3 Kathamandu

Amount: NRs. 1111957.00



Ka.Ma.Na.Pa-15, Chauni

Amount: NRs. 1000000.00



Kanibahal patan lalitpur

Amount: NRs. 650000.00



Lajimpatha, Kathamandu

Amount: NRs. 500005.00

Manakamana Temple

Located in Gorkha, Manakamana VDC is the name of a Hindu Goddess. Mana means ‘heart’ or ‘soul’ and Kamana means the ‘wish’. Since the 17th century Manakamana Devi has been widely believed to fulfill all the wishes. The Shrine is accessible in about 10 minutes with Nepal’s first cable car.

Legend has it that Gorkha King Ram Shah’s (1614-1636 A.D) Queen possessed divine powers- a fact known only to Lakhan Thapa, her devotee. One day, when the King discovered that his Queen was a Goddess, he suddenly died. As per the custom, the Queen had to commit sati on his cremation pyre. Consoling the lamenting Lakhan, she promised to reappear near his home. Six months later, a farmer hit a stone while ploughing his field and noticed blood and milk flowing from it.


Manakamana Temple मनकामना मन्दिर

मनकामना मन्दिर गोरखा जिल्लामा अवस्थित नेपालको एक महत्वपुर्ण धार्मिक तथा पर्यटकिय स्थाल हो । आफ्नो मनले चिताएको कामना अर्थात मनको ईच्छा पूरा गर्ने भगवती देवी भएकोले यो मन्दिरको नाम मनकामना रहन गएको हो भन्ने जनविश्वास रहि आएको छ । भने, सोही जनविश्वासका कारण मानिसहरु यो भगवती मन्दिरलाई सम्झी आफुले चिताएको काम पूरा होस भनि भाकल गर्दछन र वर्षेनी विभिन्न शुभ साईत हेरी हजारौं दर्शनार्थीहरु आफ्नो भाकल चढाउन यो मन्दिरमा आउँछन् ।

मनकामना मन्दिरको ईतिहास बारे किम्बदन्ती मनकामना माईका पुजारी ईन्सान थापा मगरका अनुसार, राजा रामशाहा (विसं १६१४ देखि १६३६) का रानी लिलावती या पुण्यवतीदेवी अवतारी थिईन रे । लखन थापा लिलावतीका अति नजिक भक्त थिए । एकपल्ट राजा रामशाहले गाृेरखाको उपल्लो कोट दरवारमा आफ्नी रानी र लखन थापालाई आफ्नो सिंहासनमा एकैसाथ देखेछन् । ... Read More

Our Photo Gallery View Photo Gallery


© 2018, मनकामना मन्दिर  जीणोद्धार समिति - All Rights Reserved